
काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउँन बारम्बार ताकेता गरे पछि यो बिषय फेरी पेचिालो भएको छ र यसले सत्तागठबन्धनमानै हलचल ल्याइदिएको छ । सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र कि गठबन्धन कि एमसीसी मध्ये एक रोज्नु पर्ने अवस्थामा पुगेको चर्चा चलिरहँदा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बरु गठबन्धन छोड्न तयार रहेको तर एमसीसी पास गराउँन माओवादी केन्द्र कुनै हालतमा तयार नभएको प्रष्ट पारेका छन् ।
ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा प्रमुख सचेतक गुरुङले एमसीसी र गठबन्धनको तुलनानै हुन नसक्ने ठोकुवा गरेका छन् । गठबन्धन अस्थायी चिज भएको भन्दै उनले विचार मिलुन्जेल गठबन्धन गर्ने हो विचार मिल्न छोडे पछि जो सँग विचार मिल्छ उहि सँग गठबन्धन हुन्छ , एमसीसी जस्तो रणनितीक विषयमा गठबन्धन बचाउँनैका लागी कुनै सम्झौता हुँदैन। उनले भनेका छन् ।
विचारका आधारमा मात्रै गठबन्धन हुने भन्दै गुरुङले विचारनै एक नभए गठबन्धन भनेर ढुकिरहनु पर्ने कुनै आवश्यकता नभएको बताए । एमसीसी पास गराउँनैका लागी एमाले र काग्रेसको गठबन्धन बन्ने चर्चा छनी ?भन्ने प्रश्नमा उनले विचार मिल्नेहरुको गठबन्धन बन्न सक्छ तर माओवादी केन्द्रले कुनै पनि हालतमा यथाअवस्थामा एमसीसी पास हुन दिँदैन ।सरकारले अघि बढाउँन खोज्छ भने हामी त्यसको प्रतिवाद गर्दछौँ ।उनले भनेका छन् ।
गुुरुङले एमसीसी सैन्य रणनितीनै भएको ठोकुवा गर्दै नेपाललाई अफगानस्थान बनाउँने खेलमा माओवादी केन्द्रले कडा प्रतिवाद गर्ने खुलासा गरेका छन् । आर्थिक परियोजनाको आवरणमा सैन्य रणनिती ल्याउँन खोजिएको गुरुङको दावी छ ।