बुधबार १७ जेठ २०८०

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।

आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’

भूकम्पले भ’त्किएपछि फेरि ठडिएको धरहराको कन्टेन्टलाई आफ्नो युट्युब यात्रा खस्किएका बेला भाग्यले जसरी अन्तिम भिडियोका रुपमा छाडे, यसलाई युट्युब वृत्तमा अर्थपूर्ण हिसाबले हेरिएको छ। लामो ‘ग्याप’पछि ११ दिनअघि भने भाग्यले एक जना सडकमा भेटिएका ‘मनोरो’गी’लाई उद्धार गरेको भन्दै मोबाइलबाटै खिचेर छोटो भिडियो राखेका छन्। जसमा यो रिपोर्ट तयार पार्दासम्म २७ सयमात्रै भ्युज भएको छ। आफू चर्चामा आउन युट्युबलाई ज’थाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर प’तन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।

आँशु र पी’डामिश्रित कन्टेन्ट बेचेर चम्किरहेका बेला कसरी भाग्यको युट्युब यात्रा एकाएक ओर्लिन पुग्यो? यसमा उनकै केही भिडियोहरु ‘दो’षी’ छन्, जसले आम दर्शकमाझ भ्रम त सिर्जना गर्यो नै, सँगसँगै उनको गलत नियत पनि उ’दाङ्गो भयो।

जब भाग्य आफैं ‘न्यायधिश’ बन्न खोजे… शीर्षकः ‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर पर्दाफास सन् २०२० अगस्ट ४ तारिखमा भाग्यको तात्तातो खबर युट्युब च्यानलमा अपलोड भएको यो भिडियोलाई अहिलेसम्म १७ लाख ९६ हजारभन्दा बढीले हेरेका छन्।

१८ हजार बढीले कमेन्ट गरेका छन्, जसमा अधिकांशले भाग्यको कडा शब्दमा आ’लोचना गरेका छन्। एक बालगृहकी सञ्चालक पुष्पा अधिकारीको घरमा पुगेर खिचिएको भिडियो थियो यो। भिडियो हेर्दा भाग्य ‘प्रस्तोता’ कम, ‘न्यायाधीश’ ज्यादा देखिन्छन्। शीर्षकमा राखिएको ‘पर्दाफास’शब्दले नै थोरबहुत संकेत त गर्छ नै।

घरभित्र छिर्नेबित्तिकै भाग्यले सुरुमै पुष्पालाई रि’साएको भावमा भन्छन्, ‘दिदी, तपाईंसँग मचाहिँ १० हजार लिन आ’को,’ उनको पहिलो प्रश्न भनौं या आ’क्रोश, भिडियो हेर्दा पुष्पालाई उनले भनेको पहिलो वाक्य यही नै हो। भाग्यले १० हजार माग्नुको कारण बुझ्नचाहिँ ०७७ साउन १३ मा फर्कनुपर्छ।

त्यसदिन कार्टुनमा राखिएको एउटा बच्चाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। पुष्पाले उक्त बच्चा काठमाडौंस्थित कपनको चौरमा बे’वारिसे अवस्थामा भेटिएको बताएकी हुन्छिन्। अनि, त्यसलाई भाग्यले आफ्नो युट्युबमार्फत विश्वभर फैलाएका हुन्छन्। त्यतिमात्रै होइन, बालृगहमै पुगेर भाग्यले बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ सहयोग पनि गरेका थिए।

माथि चर्चा गरिएको भिडियोचाहिँ त्यही १० हजार फिर्ता माग्न जाँदाको हो। खासमा सत्य के थियो भने उक्त बच्चा झा’डीमा भेटिएको थिएन, पुष्पा स्वयंले त्यहाँ पुर्याएर उद्धारको नाटक गरेकी थिइन्। अनि, त्यसकै प्रचारक बनेका थिए, भाग्य। बच्चालाई विदेशबाट फर्किएकी एक महिलाले ज’न्माएकी हुन्छिन्।

त्यसपछि समाजले अस्वीकार गर्ने डरले पुष्पाको बालगृहमा सुम्पिएकी थिइन्। ती बच्चाप्रति भविष्यमा कसैले प्रश्न नउठाओस् भनेर आफूले झा’डीमा भेटिएको नाटक गरेको पछि पुष्पा स्वयंले स्वीकारेकी थिइन्। जब यो सत्य भाग्यले थाहा पाउँछन्, एक हुल युट्युबर साथीहरुसहित पुष्पाको घरमै पुग्छन्।

अनि, यसरी केरकार सुरु गर्छन्, मानौं उनी कुनै केन्द्रीय अनुसन्धान ब्यूरो या अ’ख्तियार अनुसन्धान कार्यालयबाट आएका अनुसन्धान अधिकारी हुन्। भाग्यले आ’क्रामक शैलीमा क–कसबाट कति सहयोग लिएको सबै विवरण माग्छन्, उनी सहजै विवरण दिन्छिन् पनि।

भाग्यले फिर्ता मागेको पैसा पनि सरक्क दिन्छिन्। तैपनि भाग्य रोकिँदैनन्। पत्रकारिताको न्यूनतम मर्म र आ’चारसंहिताको पनि ख्याल नगरी उनी पुष्पामाथि खनिइरहन्छन्। र, यही ‘चर्तिकला’ उनले आफ्नो युट्युबको कन्टेन्ट बनाएर हालेका थिए। जसको शीर्षक हामीले माथि नै उल्लेख गरिसक्यौं।

यो भिडियो जब भाग्यले आफ्नो च्यानलमा अपलोड गरे, ट्रेन्डिङमै आउने गरी भ्यूज त गयो नै, सँगसँगै भाग्यले ती महिलाप्रति गरेको व्यवहारको पनि सर्वत्र आ’लोचना भयो। भाग्यकै प्रशंसकहरु उनीविरुद्ध कमेन्टमा खनिए। जसरी उनले ती महिलाको हु’र्मत लिए, त्यसपछि उनका कन्टेन्टमुनि तारिफ गर्ने दर्शकहरु पनि उनीविरुद्ध गा’लीगलौजमा उ’त्रिन थाले।।

जब फेक ‘मेमोरी किङ’ चर्चामा ल्याए… पुष्पा अधिकारीलाई ‘दु’र्व्यव्य’हार’ गरेको भिडियोभन्दा अघि भाग्यले आफ्नो च्यानलमा एउटा यस्तो व्यक्तिलाई सार्वजनिक गरे, जसकारण उनको भिडियो त ट्रेन्डिङमा आयो नै, सँगसँगै ती व्यक्ति पनि रातारात चर्चामा आए।

भाग्यलाई पछ्याउनुहुन्थ्यो भन्ने पक्कै अनुमान गरिसक्नुभयो, ती हुन् विजय शाही । जुलाइ १५, २०२० मा अपलोड भएको भिडियोको शीर्षक थियो– ‘नेपालीले तुरुन्तै हेर्नुहोला…OMG कस्तो अचम्म…भाग्य न्यौपानेले यस्तो युवा भेट्टाए विजय शाही।’

भाग्यले अ’द्भूत स्मरण क्षमता भएका ‘मेमोरी किङ’ भन्दै भिडियोमा प्रस्तुत गरे । त्यहाँ उनको डेमो प्रस्तुति राखियो, जहाँ उनले ५ मिनेटजति एउटा आ’युर्वेद सम्बन्धी पुस्तक पल्टाए, अनि जुनजुन पेजबारे भन्न लगाइयो, त्यो एकान्तमा गएर लेखिदिए।

त्यतिमात्रै होइन, यो भिडियोमा विजयले आफूलाई नासाले सम्म बोलाएको र एक वर्ष त्यहाँ बसेर आएकोसम्म दाबी गरे। पुनः चार वर्षका लागि त्यहाँ जान लागेको पनि सुनाए। यतिमात्रै होइन, आफ्नो स्मरण क्षमताकै कारण आफूले गिनिज बुकमा नाम लेखाएकोसम्म दाबी गरे।


Last Updated on: December 22nd, 2021 at 6:00 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया