आइतबार २१ जेठ २०८०

चितवनको सौराह भन्ने बित्तिकै जंगल सफारी धेरैको दिमागमा आउने गर्दछ । हात्तिमा चडेर चितवनको सुन्दरता हेर्न चितवनमा स्वदेश तथा बिदेशी पर्यटकहरुको भिड नै हुने गर्दछ । नेपालको प्रमुख पर्यटन स्थलमा पर्ने चितवनको सौराहमा हात्ती पालन गरि चितवको सौराहमा पर्यटकलाई हात्तिमा राखेर घुमाउदै आएका छन ओम रिजाल । सौराहमा उनको जम्मा ८ वटा हात्ती रहेका छन । उनको हात्तिसारमा भाले पोथि दुबै हात्ती रहेको छ । त्यसैले त्यहा हात्तिले बच्चा जन्माउने पनि गर्दछ ।

सौराह गैडाचोकका ओम रिजाल आफू एक्लैको लगानिमा हात्ती ब्यावसाय गर्दै आएका छन । १५ वर्ष अघि देखि हात्ती ब्यावसाय संचालन गरेका उनले सुरुमा एउटा भाले हात्तीबाट ब्याबसाय सुरु गरेको उनी बताउँछन । पछि चितवन राष्ट्रिय निकुञ्जको भित्रको होटल बन्द भए पछि त्यहा रहेको हात्ती बेच्न थाले पछि आफुले अर्को पोथी हात्ती पनि किनेको उनि बताउँछन । त्यसरी नै अन्य ठाउँबाट पनि खरिद गरि जम्मा १५ वटा हात्ति आफुले खरिद गरि ब्यावसाय संचालन गर्दै आएको उनले बताए ।

कुनै हात्ती बेचेर त केहिको मृ”त्युु भएर अहिले आफुसगँ ८ वटा हात्ती भएको उनले बताए । पछिल्लो समय भने आफ्नै हात्तिसारमा हात्ति उत्पादन पनि हुँदै आएको उनले बताएका छन । आफ्नो ब्याक्तिगत भएकोले मासिक खर्चको हिसाब नभएता पनि करि ५/६ लाख रूपया हात्ती पालनको सबै खर्च हुन सक्ने आफ्नो अनुमान रहेको ओमले बताए । आफुले अहिले १५/१६ जनालाई रोजगारी पनि दिइरहेको उनले बताएका छन । लकडाउनले गर्दा ब्यावसायमा निकै असर गरेको उनि बताउँछन ।

अहिले भने केही राम्रो भएको ओमको भनाई छ । अहिले आफुसगँ ८ वटा हात्ती भएता पनि पर्यटकलाई घुमाउन प्रयोगमा भने जम्मा ४ वटा मात्र भएकोले पनि केही समस्या रहेको उनले बताए । पहिलेको तुलनामा अहिले हात्ती सफारी पनि निकै घटेको उनको भनाई छ । पहिले चितवनमा हात्ती सफारी मात्र रहेकोले त्यो बेला निकै माग भएको तर अहिले भने जिप सफारी आएकोले हात्ती सफारी निकै घटेको उनी बताउँछन । पहिले जस्तो ब्यावसाय अहिले नचलेको उनको भनाई छ ।

साथै अहिले जनावरको अधिकारको पक्षमा पनि कुराहरु उठिरहेकोले हात्ती चढ्न नहुने हेर्ने मात्र भन्ने कुराले पनि ब्यावसायमा असर गरेको उनले बताए । ती हात्तिको खाना पनि त्यही उत्पादन गर्ने उनि बताउँछन । हात्तिले विशेष गरि हरियो पराल तथा परालमा धान राखेर डल्ला बनेर खुवाउने गरेको उनले बताए । एउटा हात्तिले दिनमा सरदर ३०० डल्ला खाने त्यहा काम गर्दै आएका एक ब्याक्तिले बताए । आफुहरु निरन्तर हात्तिको खाना बनाउने काम गर्दै आएको उनले बताए । (भिडियो हेर्नुस)


Last Updated on: December 23rd, 2021 at 12:21 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया