आइतबार १४ जेठ २०८०

चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको बताइएको छ ।

दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए ।

फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

रुद्रपुर ८ रुपन्देशीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।

यो पनि पढ्नु होश

काठमाडौ । गायक हेमन्त राना मंगलबार प्रेमिकासँग बिहे बन्धनमा बाँधिएका छन् । अमेरिकाको पेन्सिलभेनियामा रहेकी प्रेमिका माया अधिकारीसँग उनले लगनगाँठो कसेका हुन् । नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।

नेपाली सांगितिक क्षेत्रमा एक पटक सबैले सुनेको गीत हो ‘सुन साइँली।’ गीतमा प्रयोग भएको ‘चालिस कटेसी रमाउला’ ले विभिन्‍न ट्रोल नै बने। नेपालीहरु युवाहरुको वैदेशिक रोजगारीमा जानेको वेदनालाई टपक्क टिपेर गीतमार्फत प्रस्ट्याएपछि केही समय कम चर्चामा रहेका गायक हेमन्त रानालाई चर्चाको शीखरमा पुर्‍यायो। हेमन्तसँगै उस्तै चर्चामा आए गीतको म्‍यूजिक भिडियोमा अभिनय गरेका कलाकारद्वय गौरव पहारी र मेनुका प्रधान।

आम नेपालीको पीडालाई म्‍यूजिक भिडियमा न्‍यायपूर्वक अभिनय गरेर सफलता पाएपछि उक्त टोलीले ‘साइँली’ नामको चलचित्र नै बनाउने घोषणा गरेका थिए ।


Last Updated on: May 21st, 2021 at 7:03 pm
१०५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया