आइतबार २१ जेठ २०८०

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १० मितनपुरकि प्रीती पाश्वान पछिल्लो समय बारा जिल्लामा हुने हरेक महोत्सवमा आफ्नो नृत्य प्रस्तुत गर्दै आएकी छिन । पछिल्लो समय हेर्ने कथा भन्ने एक कार्यक्रममा उनिहरुको जीवन र संघर्षको कथा बाहिरिए पछि निकै चर्चा हुँदै आएको छ प्रीती र उनको परिवारको । दुई वर्ष अघि रेकर्ड भएको उक्त भिडियो केही समय अघि मात्र टेलिभिजन मार्फत बाहिर आएको थियो । उनको भिडियो बाहिरिए पछि धेतैले उक्त भिडियो मनपराएका थिए ।

महोत्सवहरुमा पनि निकै रुचाइएको प्रीतीको नृत्य पछिल्लो समय टिकटमा पनि निकै भाइरल हुने गरेको छ । सामान्य परिवारकि प्रीतिकि आमा सुगन्धि बारामै बंगुर फार्म संचालन गर्दै आएकी छिन । प्रीतिका बुबा राजवंशी पासवान पनि नृत्य गर्छन । साथै उनी विभिन्न नाटक तथा भिडियोहरुमा पनि काम गर्दै आएका छन । अहिले राजवंशी कामकै शिलशिलामा बाहिर नै रहेका छन । बिषेश गरि राजवंशी महिलाको भेषमा नृत्य गर्नमा निकै प्रख्यात छन । उनी नाटक तिर पनि त्यस्तै रोलमा देखिन्छन ।

आर्थिक रुपमा दयनिय अवस्थाबाट अहिले यत्तिको अवस्थामा आएको प्रीती बताउँछिन । बाबा आमाले धेतै दुख गरेर आफू अहिले यो ठाउँमा आई पुगेको प्रीती बताउँछिन । आफुहरु आर्थिक रुपमा मात्र कमजोर नभै आफ्नो परिवारलाई समाजले हेर्ने नजरबाट पनि सधै पीडित हुँदै आएको प्रीती बताउँछिन । आफुले नृत्य गर्न जादाँ समाज तथा आफ्ना आफन्तहरुबाट विभिन्न अपशब्दहरु धेरै सुन्नु परेको प्रीती बताउँछिन । आफ्नो र परिवारको बिगत सम्झिनै नसकिने अवस्थाको रहेको उनी बताउँछिन ।

आफ्नो बुबा एउटा राम्रो अभिनय गर्ने कलाकार भएको प्रीती बताउँछिन । पुरुष भएर पनि महिलाको भेषमा आफ्नो प्रस्तुती दिन सक्नु आफ्नो बुबाको खुबी भएको आफुले मान्ने गरेको प्रीतिको भनाई छ । तर समाजाले आफुलाई हिजडाकी छोरि भने गाली र बेइज्जती पनि धेरै ठाउँमा गरेको प्रीती बताउँछिन । ती दिनहरु सम्झिदा अहिले पनि आफू त्यो अवस्थाबाट कसरी यहाँसम्म आईपुग्न सके भन्ने आफैलाई लाग्ने गरेको प्रीती बताउँछिन । अहिले पनि पहिले जस्तो नभएता पनि धेरै कुरा उस्तै रहेको उनको भनाई छ ।

बुबा आफ्नो काममा प्राय बाहिर नै बस्ने गरेकोले आमाले आफ्नो परिवारमा धेरै संघर्ष र कष्ट भोगेर यहासम्म आएको प्रीती बताउँछिन । आफू नृत्य गर्न हिडेको भनेर साथै आफ्नो बुबालाई हिजडा भएको भन्दै आफ्नै पासवान समुदायले आफुहरुलाई उक्त समुदायबाट नै निकालेको प्रीती बताउँछिन । अहिले पनि आफ्नो घरमा भएको कुनै भोज भतेर इत्यादिमा आफन्तहरु कोहि पनि नआउने गरेको उनको भनाई छ । साथी उनिहरुकोमा पनि आफुहरुलाई नबोलाउने गरि बहिस्कार गरेको प्रीती बताउँछिन । (भिडियो हेर्नुस)


Last Updated on: December 23rd, 2021 at 12:36 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया