बुधबार १७ जेठ २०८०

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । उनको खोजीमा जिल्ला प्रहरी प्रमुख सहित ३५ जनाको टोली खटिएको थियो ।

उनले बोकेको मोवाइल अफ थियो भने आफन्तकहाँ पनि उनी फेला परेका थिएनन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बे’पत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य ती’व्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी ती’व्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बे’पत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

खार्पुनाथ गाउँपालिकाको सुरक्षार्थ प्रहरी टोली आज यान्चुबाट बिहान सवा ७ बजे गस्तीमा निस्केको थियो । उनीहरूले सवा ८ बजे कर्णाली तीरको बाटो हुँदै एक युवक हिँडिरहेको देखे । युवकले झोला बोकेका थिएनन् । गाउँमा नयाँ देखिएकाले प्रहरीको ध्यान ती युवकतिर पर्‍यो ।

प्रहरी टोलीलाई चन्द्रे वेपत्ता भएकाले नयाँ ब्यक्ति फेला परे सोधी खोजी गर्नु भन्ने निर्देशन थियो । त्यसैले प्रहरीले उनलाई सोधीखोजी गरे । चन्द्रेले आफु धनञ्जय कामीको २० वर्षे छोरा चन्द्रे कामी भएको बताए । प्रहरीले पुष्टि गर्न चन्द्रेलाई यान्चु लिएर आए । प्रहरी कार्यालयमा ल्याइए पछि उनी चन्द्रे नै भएको पुष्टि भयो ।

बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खा’र्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका हुन् । तर, उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कु’टपि’ट गरेर बे’पत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।

यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा आफँै घटनास्थलमा पुगेर चन्द्रेको खोजीकार्यमा जुटेका हुन् । प्रहरीले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको सम्पर्कमा आएका चन्द्रेले आफु माथि भएको घटनाबारे प्रहरीलाई प्रारम्भिक जानकारी गराएका छन् । उनले वयानमा युवतीका माइतीले आफुलाई घरवाट अलि पर लगेर आफुलाई छोडेर गएको वयान दिएका छन् । उनले भने, मंरि साढे १२ बजेतिर उनीहरू हाम्रो घरमा आए । सुन्तली लिन आएका रहेछन् । मलाई हात पात पनि गरे । सुन्तलीसँगै मलाई पनि घरबाट लिएर गए । अलि पर लगेपछि मलाई बाटोमै छोडे । उनीहरूले फेरी मलाई केही गर्लान् भन्ने डरले म घर नआएर जंगल तिर लागे । उनले आफु छान्दा जंगल तिर गएको बताएका छन् ।

पुस १, २ र ३ गते गाउँकै उत्तरमा पर्ने छान्दा जंगलमा बसेँ । यहाँ मैले पानीबाहेक केही खान पाइनँ । ४ र ५ गते म गुसा जंगल पुगेँ । यो जंगल लेकमा पर्छ । यहाँचाहिँ स्याउको बोट भेट्टाएँ र केही स्याउ खाएर पेट बुझाएँ । हिजो राति सुनखाडामा बास बसेँ । बिहान ८ बजे यान्चुमा पुलिसले चाउचाउ सुप खान दिए ।


Last Updated on: December 23rd, 2021 at 1:07 pm
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया