आइतबार १७ मंसिर २०८०

नेपालमा धेरै बाल प्रतिभाहरु छन्, जस्ले सुमधुर स्वरले गीत गाउन सक्छन् । धेरै प्रतिभाहरु अझै लुकेर बसेका छन्, जस्ले अझैपनि आफु भित्रको प्रतिभा लुकाउनु परेको छ। उचित स्थान र प्लाटफर्म नपाउँदा त्यस्ता प्रतिभाहरु भित्रभित्रै गुम्सेर बस्नु परेको छ । नानी बाबुहरुको गायन प्रतिभालाई अगाडि ल्याउन द भ्वई किड्स सबै माँझ आयो ।

हाल यो शोले निकै लोकप्रियता कमाइृरहेको छ । शो मा आएका भाइृ बहिनहिरुको प्रतिभा सुनेर धेरैले भ्वाईस किड्स टिमलाई मुरी मुरी धन्यवाद पनि दिईरहेका छन् । यसैबिच व्लाईन्ड अडिशनमा निकै राम्रो प्रस्तुति दिएर सबै कोचहरुलाई फर्काएकी ८ बर्षकी मयुर बस्नेत व्याटलबाट बाहिरिएपछि मिडियामा आएकी छिन् ।

काठमाडौंकी मयुरले नेपाली पहिरन अझै बुढी आमाको पहिरनमा भ्वाईसको स्टेजमा सधै सधै बोलको गीत गाईरहँदा सबै दँग परे । कोचहरु उनको प्रतिभा देखेर चकित परे । पहिले नै बुढी आमा बनेर टिकटकमा भाईरल भैसकेकी मयुरले कन्फिडेन्सका साथ गाएको गीत टिकटकमै पनि भाईरल बन्यो ।

तर त्यसपछिको एपिसोड व्याटलबाट भने मयुर बाहिरिईन् । कोच प्रमोदले अर्कै प्रतिस्पर्धीलाई अगाडि लैजादा मयुरको सपना टुट्यो । भ्वाईसबाट बाहिरिएपछि १० दिनसम्म मयुर घरमा रोईन् । भ्वाईसको स्टेजमा फेरी लैदिन आफ्नो अभिभावकहरुलाई आग्रह गरिरहिन् । मयुरले शिशिर भण्डारीसँगको कुराकानीमा बाहिरिएपछिको सबै कुरा सुनाईन् भिडियो हेर्नुस


Last Updated on: December 23rd, 2021 at 2:19 pm
५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया