
कृषि कडेलको इन्द्रेणी कार्यक्रम हरेर्ने सायदै कोहि होला। उनको इन्द्रेणीमा आएर धेरैले दोहोरी गाएका छन । साथै कयौ नयाँ प्रतिभाहरुले पनि आफ्नो प्रतिभा सबैको सामु राख्ने अवसर पनि इन्द्रेणीबाट पाएका छन । दर्शक श्रोताले अत्याधिक मन पराएको कार्यक्रम हो इन्द्रेणी । अहिले इन्द्रेणी कार्यक्रम मार्फत संचालक कृषि कडेल असाहायहरुको सहयोग पनि गर्दै आएका छन । साना बच्चा देखि ठुलाले आफुसँग भएको पर्तिभा प्रस्तुत गर्ने ठाउँ बनेको छ ईन्द्रेणी ।
ईन्द्रेणीबाट गाईन क्षेत्रमा अगाडी बढ्न सफल भएका बाल कलाकार हुन आयुशा र रबिना । आज भन्दा दुई बर्ष अगाडि ईन्द्रेणी कार्यक्रममा उनिहरु आएका थिए । आयुशा ११ बर्षकि रबिना ९ बर्ष कि छिन । दुई बाल गाईकाहरु आज दोहोरी क्षेत्रबाट नै सबै नेपालीले चिन्ने गरि स्थापित भएका छन । अहिले इन्द्रेणी कार्यक्रमकै लागि उनिहरु चितवनमा छन । त्यहा मिडियासगँ कुरा गर्दै रबिना भन्छिन सुरु सुरुमा आफुलाई ईन्द्रेणी कार्यक्रम सजिलो हुने जस्तो लाग्ने गर्थ्यो । दोहोरि गित गायो बस्यो जस्तो लाग्ने गरेको उनी बताउछिन ।
तर आफू ईन्द्रेणी आए पछि आफुले सोछे जस्तो नभएको उनी बताउँछिन । हिमाल, पहाड, तराई हरेक क्षेत्रमा कार्यक्रमको लागि जानू पर्ने, रात भरी गाडीमा यात्रा गर्दा खुट्टा सुनिएर दुख्ने गरेको उनी बताउँछिन । यहाँ आए पछि आफुलाई इन्द्रेणी कार्यक्रम बनाउन कति मेहेनत, समय लाग्ने रहेछ भन्ने बुझेको उनको भनाई छ । आफुहरु त्यसरी धेरै दिनको लागि भनेर पहिले कहिल्यै नहिडेको उनिहरु बताउँछन । अहिले पहिलो चोटि घरबाट बाहिर ३ दिनको लागि जान लागेको उनिहरुले बताए ।
इन्द्रेणी कै गायक छत्र शाहिले गत दशै तिर बिबाह गरेका थिए । उक्त बिबाहमा आफुहरुलाई बिबाह कै लागि भनेर नबोलाएको उनिहरुले बताए । तर दशैको बेला छत्र शाहिले आउहरुलाई सगै जान भने भनेको उनिहरुले बताए । बिबाह भनेर नबोलाएको भन्दै उनिहरुले दोहोरी गीत मै छत्रलाई बिबाहमा नबोलाएकोमा जवाफ पनि रमाइलो पाराले दिएका छन । आफुहरुलाई सरप्राइज दिन खोज्नु भएको हो भन्ने उनिहरु बताउँछन । दाहैको बेला सगै जान भन्नू भएको तर बिबाह भै नभनेकोले सरप्राईज दिन खोजेको हुन सक्ने उनिहरु बताउँछन ।
आयुषा भन्छिन ईन्द्रेणीमा प्रवेश गरेपछी सबैलको माया, साथ सहयोग, सम्मन पाएको बताउँछिन । ईन्द्रेणिमा पनि कृष्ण कडेल र छत्र शाही ले धेरै माया गर्ने उनिहरु बताउँछन । उनिहरु दोहोरी क्षेत्रमा मात्र सफल नभई अध्यनमा पनि एकदमै राम्रो रहेका छन । आयुषा र रबिनाले छ्त्र शाही दादाले बिहेमा बोलाउनु भएन भनेर दु:ख मानेको रहेछन । छत्र दादा कहिलेकाहीँ आफुहरुलाई के के कुरा गरेर रुवाउने पनि गरेको उनिहरु बताउँछन । साथै माया पनि धेरै गर्ने उनिहरुको भनाई छ । ( भिडियो हेर्नुस)