
ओछ्यानमा सुतेकै अवस्थामा मानसिक रोगी यी मजदुरकाे दाउ प्रहारबाट गयो ज्यान!
adminMay 21, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा घाँटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घरमा एक्लै बस्दै आएका सुन्दरहरैँचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा प्रहरीले स्थानीय २३ वर्षीय पुजन राईलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा जयबहादुर राईको छोरा पुजनले फलामको बामफोक (दाउ) ले घाँटीमा प्रहार गरी मारेको खुलेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार मानसिक रोगीसमेत रहेका पुजनलाई आज बिहान ८ः०० बजे प्रहरीले पक्राउ गरेको हो । साथै उक्त घटनामा प्रयोग भएको दाउ पुजनको घरको भान्साकोठामा रहेको चाङ माथिबाट बरामद गरिएको छ । पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए ।
धारिलो हतियारले अघिल्लोपटिको घाँटी काटिएको अवस्थामा मजदूरी काम गर्दै आएका ऋषिदेवको शव फेला परेको थियो । गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा एक्लै बस्दै आएका ऋषिदेव बिहीबार बेलुका ८ बजेतिर आफ्ना भाइ अपोलो ऋषिदेवको घरमा खाना खाई घर आएर सुतेका थिए ।
पत्निको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेका कारण विष्णु एक्लै बस्थे । सधैँ खाना भने आफ्ना भाइको घरमा खान्थे र सुत्नका लागि घर नै फर्किन्थे । बिहान ६ बजेतिर सँगै मजदूरी गर्ने साथी राजकुमार चौधरीले बोलाउन जाँदा नबोलेपछि भित्र गएर हेर्दा विभत्स अवस्थामा उनको शव फेला परेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।