
बिर्तामोड । झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा दमक नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले प क्रा उ गरेको हो ।
बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई प क्रा उ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रधानलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।