बुधबार १७ जेठ २०८०

एजेन्सी । मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् ।

वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा राखेका थिए । तर, भोली पल्ट बिहान महिलाका परिवार शव लिन मुर्दाघरमा जाँदा सबै दंग भए । रातभर मुर्दाघरमा बसेर उनी बिहान जिउँदै बाहिर निस्केकी थिइन् ।

डेली रिपोर्टको अनुसार महिलाको नाम जिनैदा कोनोनोवा हो । जिनैदा पछिल्लो केही दिनबाट रुसको गोरशेचेन्स्कीको सेन्टर डिस्ट्रिक हस्पिटलमा उपचाररत थिइन् । १४ अगष्टमा उनको सर्जरी भएपछि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

म’रेको भन्दै अस्पतालले रातको १ बजे जिनैदालाई मुर्दाघरमा राखेको थियो । तर, भोलीपल्ट बिहान उनलाई जिउदै देखेर अस्पतालका कर्मचारी पनि आत्तिएका थिए । अस्पतालको लापरबाहीले नराम्रो घटना भएको भन्दै प्रमुख डाक्टर निलम्बनमा परेका छन् । यसको साथै जिनैदाका परिवारले पनि प्रहरीकोमा उजुरी दिएको छ ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 24th, 2021 at 11:49 am
७९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया