बुधबार २४ जेठ २०८०

कुनै पनि बालबालिका लाई शा रीरिक र मानसिक दबाब दिन नपाइने कानुनी व्यवस्थाको धज्जी उडाउँदै ललितपुरको कुसुन्ति स्थित ल्याण्डमार्क एकेडेमिले विद्यार्थीको नाङ्गो फोटो खिच्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

एक टेलिभिजन कार्यक्रमले उक्त तथ्य बाहिर ल्याएको हो । ललितपुरको कुसुन्तिमा रहेको ल्याण्डमार्क स्कुलका सहायक प्रिन्सिपलले विद्यार्थीलाई नग्न बनाइ फोटो खिची नाङ्गो फोटो सामाजिक सञ्जालमा अपलोड गर्दिने धम्की दिएको कुरा सार्वजनिक भएको छ ।

कक्षा ७ मा अध्ययनरत फरक क्षमताका विद्यार्थी लाई सहायक प्रिन्सिपल दुर्गाराज थापाले भनेको नमान्ने भन्दै आफ्नै मोबाइलमा न ग्न फोटो खिचेर चरम मानसिक यातना दिएको तथ्य बाहिर आएको हो ।

विद्यार्थी लाई मानसिक या शारीरिक कुनै पनि दबाब दिन नपाइने कानुनी व्यवस्थाको खिल्ली उडाउँदै ल्याण्डमार्क एकेडेमीले विद्यार्थीको ना ङ्गो फोटो खिचेर विद्यार्थी लाई मानसिक तनाव दिएको हो ।

विद्यालयका प्रिन्सिपलले सकारात्मक रूपमै विद्यार्थी जिद्दी भएका कारण गरिएको बताएका थिए भने सहायक प्रिन्सिपल थापाले माफी समेत मागेको समाचार बाहिरिएको छ ।

फरक क्षमता भएका विद्यार्थी लाई झनै राम्रो रेखदेख गरेर शिक्षा दिनु पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको ल्याण्डमार्क एकडेमिको यो हर्कतको चौतर्फि आलोचना समेत भएको छ ।

फरक क्षमता भएका विद्यार्थी लाई यसरी मानसिक यातना दिएर स्कुल प्रशासनले गर्नै नहुने काम गरेको आम सर्वसाधारणको विभिन्न माध्यमबाट गुनासो आएका छन् ।

टेलिभिजनमा सार्वजनिक भएको उक्त स्कुलले गरेको अमानवीय व्यवहार को सर्वत्र आलोचना भएको छ ।


Last Updated on: December 24th, 2021 at 12:17 pm
३६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया