बुधबार १७ जेठ २०८०

मनमा अलिकति पनि दया माया छ भने कृपया पुरा पढेर, कमेन्टमा Get Well Soon लेखेर Group मा Share गर्नुहोस् ।

चितवन । गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिनुभयो ।

दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो।अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिई शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन तर बजारीया तयारी खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र विषादी प्रयोग गरिएका फलफूल नखुवाउन सुझव दिनुभयो।सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी बालबालिकाको सङ्ख्या बढेको छ ।

चितवन मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा शान्ति रेग्मीले दैनिक ९० को हाराहारीमा बच्चा बिरामी आउने गरेको र बालरोग विभागका १०० वटा श्यया भरिएको जानकारी दिनुभयो । उहाँले बच्चालाई खानपानमा विशेष ख्याल पुर्याउन आग्रह गर्नुभयो । जिल्लामा गर्मी बढेसँगै सोमबारबाट चार दिनका लागि यहाँका शिक्षण संस्था बन्द गरिएको छ।


Last Updated on: December 24th, 2021 at 12:53 pm
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया