
मोरङको रंगेली नगरपालिका–२ की २१ महिने निशा उराउको श’व खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका २८ गते फेला परिन्। प्रहरीका अनुसार खेल्दै जाने क्रममा अबोध नाबालिका फुपू संगीताको घरमा पुगेकी रहिछन्। घरमा आएकी नबालिका (भदैनी)को ह’त्या संगीता फुपू)ले गरेको प्रहरीको प्रारम्भिक अनु’सन्धानबाट खुलेको छ।
घरमा आएर रोएको र चकचक गरेको भन्दै थप्पडले हानेर संगीताले भदैनी (दाजुकी छोरी)को ह’त्या गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, ‘थप्पड हान्दा पिँढीबाट झरेर मृत्’यु भएपछि नाबालिकाको श’वलाई संगीताले जेब्रा झोलाभित्र हालेर बाकसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
इटहरीमा सडक निर्माणमा गएका पति ४६ वर्षीय सैनी उराउलाई बोलाएर श’व व्यवस्थापनका लागि सहयोग मागेको खुलेको छ। श्रेष्ठका अनुसार आफैंबाट मारिएकी भदैनीको शवलाई बाकसमा हालेर रातभर घरभित्रै राखेकी संगीताले भोलिपल्ट
पतिको सहयोगमा कोदालोले पैनीमा खाल्डो खनेर गाडिदिएको पत्ता लागेको हो। प्रहरीले उक्त कोदालोसमेत बरामद गरेको छ। निशाको श’व घरदेखि लगभग ६० मिटर टाढा पैनीमा पुरिएको अवस्थामा पाइएको थियो।
प्रहरीका अनुसार हत्यापछि भदैनीको श’व गाडेको स्थान सुरुमा उनै निशाले देखाएकी थिइन्। ‘सबैतिर खोजी गर्दा पनि नाबालिकालाई फेला पार्न नसकिएका बेला भर्खर खनिएको खाल्डो जस्तो छ