बुधबार १७ जेठ २०८०

यिनै हुन् वरिष्ठ प्रहरी उपरीक्षक यादव जसको आज बिहान झु’ ण्डि’ ए को अवस्थामा मृत फेला परे

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झु’ ण्डि’ ए को अ’वस्था’मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ । तस्बिर : यादवको फेसबुकबाट

यो पनि, केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।

राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो । विसं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ । प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उहाँले सुनाउनुभयो । पुस मसान्तसम्म कम्प्युटरमा तथ्याङ्क प्रवेश गराउन थाल्ने विभागको तयारी छ ।

तथ्याङ्क प्रवेश गराउन सुरु गरेको ६ महिनाभित्र सक्ने गरी काम अघि बढाइने छ । चालू आवमा तथ्याङ्क प्रवेश गराइसकेर आगामी आवको सुरुमै प्रतिवेदन प्रकाशन गरिने लामिछानेले बताउनुभयो । यस वर्षको जनगणनाको प्रतिवेदन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको अलगअलग सार्वजनिक गर्ने विभागको तयारी छ ।

गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । जनगणना सुरु भएको ११० वर्षपछि स्थानीय तहसम्मको तथ्याङ्क प्रकाशन हुन लागेको हो । राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो ।


Last Updated on: December 24th, 2021 at 2:50 pm
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया