बिहिबार १४ मंसिर २०८०

सप्तरीमा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु राजविराज सप्तरीमा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

कञ्चनपुर नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीय कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीय रोशनीको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार स्थानीय सन्तोष यादवको पोखरीमा स्नान गर्न करमा पोखरीमा डुबेर मृत्यु भएको बताए ।

उनका अनुसार स्नान गर्न गएकी उनीहरू पोखरीमा डुबेपछि स्थानीयहरूले थाह पाएर परिवारका व्यक्तिहरूलाई खबर गरेका थिए । उनीहरूलाई तत्काल पोखरीबाट निकालेर कञ्चनपुर नपा–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगेका थिए ।

तर अस्पतालले ती दुवै जना युवती मृत भइसकेकोले भर्ना लिएनन् । प्रहरीका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ।


Last Updated on: May 21st, 2021 at 7:17 pm
९९० पटक हेरिएको

तपाईको प्रतिक्रिया