
काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् । अेमरिका गएको ४ महिनामै उनी नेपाल फर्किएकी हुन् । कलेजमा क्रिसमसको छुट्टी भएपनि उनी नेपाल आएकी हुन् । हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचन गएकी उनले कलेज बिदा भएकाले हजुरबुबाको पुस्तक सार्वजनिक हुँदा आफु उपस्थित हुन पाएको उनले बताइन् ।
पुस्तक विमोचन कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् । ‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’ उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’
हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको समेत उनले बताइन् ।अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।