बुधबार २४ जेठ २०८०

पुरानो घर तनहुँ जिल्ला म्यादी गाउँपालिका छाङगरे भाइ हाल दमौली बस्दै आएकि ठक माया गुरुङका श्रीमान सम्पर्क बिहिन भएको भन्दी मिडियामा आएकी छिन । आफू पहिले बिबाह गरेको श्रीमानकै भाइ अर्थात देवरसगँ बाध्यताले बिबाह गर्नु परेको बताउँछिन । त्यसरी देवरसगँ बिबाह गरेर आफू घर छाङगरे छोडेर अहिले दमौली बस्नु परेको उनको भनाई छ । तरआफुले देवरसगँ बिबाह गरे पछि उनी बैदेशिक रोजगारीमा गएको ठक मायाको भनाई छ । वैदेशिक रोजगारीमा गए पनि पहिले सम्पर्क भै रहेको तर अहिले भने करिव १ बर्ष देखि सम्पर्क बिहिन भएको उनको भनाई छ ।

आफ्नो पहिलो श्रीमान पनि वैदेशिक रोजगारिमा रहेको बेला पहिलो श्रीमानले आफुलाई मोबाइल पठाईदिएको र त्यही मोबाइलका कारण आफुले देवरसगँ बिबाह गर्नु परेको उनको भनाइ छ । श्रीमानले पठाई दिएको मोबाईले आफुले चलाउन नजानेर देवरलाई दिएको कारण नै आफु र देवर बिच अनैतिक सम्बन्ध रहेको भनी घर तथा गाउँमा हल्ला फैलाएर आफ्नो बिदेशमा रहेको श्रीमानलाई कुरा सुनाए पछि श्रीमानसगँ आफ्नो सम्बन्ध बिग्रेको ठगमायाको भनाई छ ।

मोबाइल दिएकै कारण आफुलाई भाउजुले मन पराएर मोबाईल दिएको भन्दै देवरले हल्ला फैलाएको उनले बताईन । पछि कान्छो देवर पनि आफू मर्छु भन्दै साथिहरुसगँ हिड्न थाले पछि आफुले कान्छो देवरसँग जेठो श्रीमान को ३ बर्ष को छोरी लिएर हिडेको उनले बताईन । घरबाट हिडे पछि आफुहरु दमौली बस्दै आएको पनि करिव थुप्रै वर्ष भै सकेको उनको भनाई छ । घरबाट देवर सँग हिडे पछि घाँसी कुवा तमसुरमा केही महिना बसि दोश्रो श्रीमान कतार गएर ३ वर्षमा फर्किएको उनको भनाई छ । त्यसपछी नेपालमा ७ महिना बसेर फेरि मलेसिया गएको उनले बताईन ।

मलेसिया गएका कान्छो श्रीमान ८ बर्ष सम्म सम्पर्कमा नै रहेको उनले बताईन । तर १ वर्ष अघिबाट उनी आफुसगँ सम्पर्क बिहिन भएको उनले बताएकी छिन । आघिल्लो वर्षको असोज महिनाबाट श्रीमान सम्पर्क बिहिन भएको उनको भनाई छ । अहिले कान्छो श्रीमान पटि दुई छोराछोरी रहेको उनले बताएकी छिन । सम्पर्कमा रहदाँ पनि श्रीमान छोराछोरी सँग मात्र बोल्ने गरेक ठकमाया बताउँछिन । आफुसगँ खासै नबोल्ने, बोली हाले जहिले पनि रिसाएर बोल्ने, झ’गडा गर्ने गरेको उनको भनाई छ ।

श्रीमानले घर खर्च पनि ३/४ महिनामा एक चोटि २०/३० हजार पठाउने गरेको उनको भनाई थियो । आफू त्यो बेला पनि श्रीमानले त्यसरी पठाएको खर्चले नपुग्ने भएर मजदुर गरि छोराछोरी पढाउदै आएको उनी बताउँछिन । आफुले अहिले गाउँ घरमा सुने अनुसार आफ्नो श्रीमान पोहोर साल नै नेपाल आई आफ्नी कान्छी बाहिनीसँग बिहे गरि बसेको बताउछिन । अर्कि ल्याए पनि आफू मिलेर बस्ने भन्दै श्रीमानलाई सम्पर्कमा आउन उनले आग्रह गरिन । पहिले आफ्नै दाजुलाई नराम्रो कुरा लगाएर दाजु सँग छुट्टाएर आफुसँग बिहे गरि अहिले यसरी छोडेको उनको भनाई छ ।

भिडियो हेर्नुस :-


Last Updated on: December 24th, 2021 at 3:10 pm
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया