
उच्च शिक्षाको लागी संयुक्त राज्य अमेरिका पुगेका २९ वर्षिय विशाल कुमार गौतमलाई बोनम्यारो क्यान्सर भएको छ । उनि इन्जिनियरिङका विद्यार्थी हुन् । काठमाडौंस्थित टोखा-७ निवासी विशाललाई करिव २ महिना अस्पतालमा उपचारपछि Primary Myelofibrosis भनिने दुर्लभ बोनम्यारो क्यान्सर भएको पत्ता लागेको छ । जसको उपचारका लागी साढे ७ लाख अमेरिकी डलर लाग्ने अस्पतालले जनाएको छ ।उनको अहिले Mayo Clinic Hospital Rochester, Minnesota USA मै उपचार भैरहेको छ । धेरै औषधी उपचार गरेपछी पनि रगत मा सुधार नआएकोले उनलाई तत्कालै Bone Marrow Transplant गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएको भाइ विराट कुमार गौतमले जानकारी दिए
बोनम्यारो ट्रान्सप्लान्टका लागी साढे सात लाख अमेरिकी डलर लाग्ने भनिएको छ । यति ठुलो रकम जुटाउन परिवारमा मात्रै समस्या भएको भन्दै भाई विराटले दाईको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् ।
विराटले बोनम्यारो ट्रान्सप्लान्टमा सहयोग गरी आफ्ना २९ वर्षिय कलिलो दाईलाई बचाइदिन आग्रह गरे । अहिले उनको सहयोगको लागी अभियाननै चलाइएको छ । सहयोगका लागी पिडितका भाई विराटकै नाममा बैंक खाता खोलिएको छ । साथै इसेवा समेत गर्न सकिने उनले बताए ।