
काठमाडौं । होसियार !!! बैकिङ्ग अपराधका नयाँ नयाँ शैली आएका छन् । तपाईले थाहा नपाउँदै तपाईको बैकको रकम सकिएको हुनसक्छ । कसैले तपाईले म्याद सकिएपछि फ्यालेको एटीएम कार्ड बाट नै तपाईको बैक खाताको रकम निकालिसकेको हुनसक्छ ।
यसैले एटीएम कार्ड बाहिर नफाल्नुहोस् । यी तस्बिरमा देखिएकाहरुका काम नै त्यही खुलेको छ । उनीहरुले त्यस्तै कार्डबाट ३४ लाख रकम खुल्न आएको छ ।
काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ झिकेको पाइएपछि प्रहरीले अनुशन्धान थाल्यो । जसमा प्रहरीले सफलता पाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने सावित्री गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुले म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको विभिन्न एटीएम मेसिनबाट रकम निकालेको प्रहरीले जनाएको छ । उनीहरुले झिकेको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ फेला पारेको छ ।
निजको साथवाट २१ लाख वरामद भएको प्रहरीले जनाएको छ । बाँकी रकम उनीहरुले खर्च गरिसकेका छन् । उनीहरुको साथमा म्याद सकिएका एटीएम कार्ड भेटिएका छन् । उनीहरु आफैले मात्र यो काम गर्न नसकेको प्रहरीको ठम्याई छ ।
म्याद सकिएका कार्डलाई फेरी म्याद थप्ने गिरोह नै लागेको देखिन्छ । त्यसका लागि उनीहरु बैकिङ्ग ह्याकिङ्ग सिस्टम प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
यसैले उनीहरुलाई गम्भीर प्रकारको अपराधमा प्रहरीको उच्च कमाण्डले अनुशन्धान गरिरहेको छ । यो घटनापछि प्रहरीले सचेत रहन अपिल गरेको छ ।
म्याद सकिएको कार्ड आफैले नष्ट गर्न भनेको छ । अनाधिकृत रुपमा बाहिर नफ्याल्न सूचित गरिएको छ । बैकका स्टाफलाई समेत नछोड्न प्रहरीको आग्रह रहेको छ ।