
घाँटी रे टे र ह त्या गरिएका कैलालीको जोशीपुरका अर्जुन दास ह त्या प्रकरणमा संलग्न दोषीलाई प क्रा उ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अ वरुद्ध पारेका छन् ।
दोषीलाई प क्रा उ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आ रो प छ । मृतकका आफन्तले बिहीबार दोषीलाई प क्रा उ गर्न माग गर्दै जानकी गाउँपालिका कार्यालय र वडा नम्बर ९ को कार्यालय बन्द गरेका थिए । जानकी- ९ का २५ वर्षीय अर्जुन दासको गत शुक्रबार अमरावती सामुदायिक वनमा घाँटी रे टे र ह त्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । ह त्या रालाई प क्रा उ नगरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।
ह त्या रा लाई प क्रा उ गर्न माग गर्दै आज मृतकका आफन्तले कैलालीको लम्कीस्थित पूर्वपश्चिम राजमार्ग अ वरुद्ध गरेका हुन् । राजमार्ग साँझ ४ बजेसम्मका लागि अवरुद्ध रहने संघर्ष समितिका संयोजक ललित परियारले बताए । ह त्या मा संलग्नलाई प क्रा उ नगरे चरणबद्ध रुपमा आन्दोलन गरिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने हत्यामा संलग्न भएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए । ‘प्रहरीले आफ्नो तरिकाले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ,’ जोशीले भने, ‘आन्दोलन गरेर अहिल्यै दोषी समातिने हैन, बरु आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गरे छिटो सफलता मिल्न सक्दछ ।’
ह त्यामा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । स्थानीय एक युवकले अर्जुन दाषको आफूले ह त्या गरेको र आफू अहिले भारततर्फ गइरहेको भन्दै गरिएको फोन रेकर्ड प्रहरीले प्राप्त गरेको छ ।