बुधबार १७ जेठ २०८०

दाङ । दाङमा फिल्मीशैलिमा जन्मकैद सजाए भुक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाईकिल लिएर भागेका छन ।

घोराही कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका कैदि जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईकिल लिएर भाग्न सफल भएका हुन । परियारले आफु बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीले उपचारका लागि प्रहरीकै बाईकमा आफै हालेर कैदी परियारलाई अस्पताल लगेका थिए ।

घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आफै प्रहरी जवान चौधरीले आफै मोटरसाइकिल चलाई जेलका नाईके समेत रहेका परियारलाई पछाडि हालेर लगेको र उपचारकैक्रममा प्रहरीकै मोटरसाईकिलसहित कैदि भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । कारागारमा प्रहरी र सेना दुबै हुने भएपनि कैदिलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको भन्दै उनले सोहिक्रममा प्रहरी जवानले जेलको नाइके परियारलाई हत्कडि नलगाई आफै मोटरसाइकिलमा हालेर उपचारलाई लिएर अस्पताल गएको बेला कैदी भागेको बताए । उपचारका लागि बिहान ११ बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए ।

कैदी प्रहरीकै मोटरसाईकिलसहित भागेको बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले खबर पाएको थियो । एसपि काफ्लेले जिल्लाको सबैनाका बन्द गरेर भागेका कैदिको खोजीकार्य जारी रहेको बताए ।

दाङ जिल्ला अदालतले ज्यानमार्ने कसुरमा परियारलाई २० बर्ष कैदको सजाय गर्ने फैसला गरेकोमा उनले ७ बर्ष कैद भुक्तानी गरेको र १३ बर्ष कैद भुक्तान गर्न बाकि रहेको छ । एसपि काफ्लेले प्रहरीको मोटरसाइकिल सहित कैदी भगाएको आरोपमा प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिएर थुनामा राखेको र कानुन बमोजिम कारबाही हुने बताए ।


Last Updated on: December 24th, 2021 at 5:08 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया