आइतबार २१ जेठ २०८०

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।याे खबर राजधानी दैनिकमा छ ।

भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने ? भन्ने कुरामा प्रहरी पनि अलमलमा प¥यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।


Last Updated on: December 25th, 2021 at 10:22 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया