बुधबार २४ जेठ २०८०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संघीय प्रहरी एकाइ भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारसँग भेटघाट गरेका छन्।

झुण्डिएको अवस्थामा शव भेटिएका एसएसपी यादवको परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साँझ घटनास्थलमै पुगेर भेटघाट गरेका हुन्।

त्यस क्रममा गृहमन्त्री खाँणलाई एसएसपी यादवको शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी गराएको थियो। गृहमन्त्री खाँणले घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्नसमेत प्रहरीलाई निर्देशन दिएका छन्।

प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यादवको शव शुक्रबार बिहान आफ्नो निवासमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा थिए।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।


Last Updated on: December 25th, 2021 at 10:53 am
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया