शनिबार २३ मंसिर २०८०

यी श्रीमान् जसले ८ घण्टा पिठ्यूँमा बोकेर को’रोना संक्रमित श्रीमतीलाई अस्पताल पुर्‍याए
May 21, 2021 12
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

 

कालीकोटकी एक को’रोना संक्रमित महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको को-भि’ड अस्पताल पुर्‍याएका छन् ।सोमबार कालीकोटको नरहरिनाथ गाउँपालिका– ६ की भरु बिकलाई उनका श्रीमान् गज्जे बिकले पि’ठ्यूँमा बोकेर ८ घण्टामा कालिकोटको सदरमुकाममा रहेको को-भि’ड अस्पतालमा भर्ना गराएका हुन् ।

यातायातको सुविधा नभएको नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म गज्जेले श्रीमतीलाई पि’ठ्यूँमा नै बोकेर ल्याएका थिए । राजमार्गमा पनि सवारीसाधन नपाउँदा बोकेर नै सदरमुकाम ल्याएको गज्जेले बताए ।द’मको रो’गी रहेकी आफ्नी श्रीमतिलाई गाउँमा द’मले बढी च्या’पेपछि सदरमुकाममा रहेको अस्पतालमा बोकेर नै ल्याएको गज्जेले बताए ।

‘पहिलादेखि नै यो द’मको रो’गी थिई । गाउँमा बि’रामले च्या’पेपछि सदरमुकाममा ल्याएको हुँ,’ उनले भने, ‘द’मको रो’ग बढेपपछि गाउँमा को’रोना संक्रमित होली भनेर कसैले सहयोग नगरेका कारणले आफू एक्लैले सदरमुकाम ल्याएको हुँ ।’मान्म सदरमुकाममा रहेको को-भि’ड अस्पतालमा चे’कजाँच गर्दा उनमा को’रोना पोजिटिभ देखिएको को-भि’ड अस्पतालका प्रमुख डा. राजकमल कार्कीले बताए ।

‘उहाँले श्रीमतिलाई बोकेर अस्पतालमा पुर्याउनु भएको हो,’ कार्कीले भने, ‘उहाँमा द’म रो’ग रहेछ । अक्सिजनको मात्र कम रहेको छ । उहाँको उपचार अहिले अ’क्सिजन दिएर भइरहेको छ ।’स्थानीय तथा जिल्ला तहका अस्पतालहरूले को’रोना संक्रमितका बि’रामी एम्बुलेन्स र कर्णाली प्रदेश सरकारले दुर्गमका को’रोना संक्रमितका जटिल बि’रामीलाई हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरेको भए पनि गज्जेले त्यसबारे जानकारी नभएको बताए ।

‘त्यो कुरा त ठू’लाबडालाई थाहा होला । म गाउँमा बस्ने साधारणलाई के थाहा ?’ उनले भने, ‘वडा अध्यक्षले बोकेर मा’न्म को’रोना अस्पतालमा लैजा भन्नुभयो । त्यही आधारमा ल्याएको हुँ ।’कर्णाली प्रदेश सरकार र स्थानीय तहले को’रोना संक्रमितका बि’रामीलाई उपचार तथा उनीको उद्दारका लागि बिभिन्न नीति नि’यम बनाएको भए पनि दु’र्गम तथा पिछडिएका सर्वसाधारणले त्यसको सहुलियत प्रयोग गर्न सकेका छैनन् ।


Last Updated on: May 21st, 2021 at 7:22 pm
१३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया