
हेटौंडा । नारायणी नदीको पुलबाट हा म फालेकी युवतीको उद्धार गरिए पनि उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो १२ः५५ बजेतिर पुलबाट उनी नदीमा हा म फालेकी थिइन् । सूचना पाएलगत्तै प्रहरीले उनलाई जीवितै उद्धार गर्न सफल भएको थियो । मृतक युवतीको उमेर १८/१९ वर्ष हुनसक्ने प्रहरीको अनुमान छ ।
सो क्रममा उपचारका लागि भरतपुर अस्पतालमा लगिएकोमा दिउँसो १ः३० मा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । शव पहिचान हुनसकेको छैन । प्रहरीले मृतक युवतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चिन्नेले खबर गर्न अनुरोध गरेको जनाएको छ ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।
आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’