
काठमाडौ । परीक्षामा सा’र्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सां,’घातीक आ,’क्रम’ण गर्ने विद्यार्थी क्याम्पसबाट नि’ष्कासित भएका छन् । क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आ,’क्रम’ण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टि’लको ज’ग प्र’हार गरी आ,’क्रम’ण गरेका थिए ।
जेठाराको आ,’क्रमण प्राध्यापक प्रकाश पुडासैनी घा’इते भएका थिए । उनको टाउको ६ टाँ’का ल’गाउनु परेको थियो । बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट नि’ष्कासन गरिएको र उनीवि’रुद्ध का’नुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।
विद्यार्थीले प्राध्यापकमाथि आ,’क्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आ’न्दोलनमा उ’त्रिएका थिए । जेठारालाई क्याम्पसले नि’ष्कासन गरेपछि आ’न्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।
आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’