
काठमाडौं । एसइई खारेज गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले समितिले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको हो ।
यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो ।
गत २९ जेठमा समितिले ‘कोरोना सङ्क्रमणले ल्याएको सङ्कटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ । विधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्षालाई सधैँका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नू ।’ भनेको थियो ।
समितिको बिहीबारको बैठकले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ ।
यस्तै समितिले मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्य–तथ्य बुझी समस्या समाधान गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।
आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’