
बैतडी। बैतडीमा एक किशोरी झु ण्डि ए को अवस्थामा मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका-१ पोखरी घर भएकि १९ वर्षीया माला कोली घर नजिकैको जंगलमा झु ण्डि ए को अवस्थामा मृ त फेला परेकी हुन।
पुष १ गतेबाट सम्पर्क नआएकी उनी शुक्रवार झु ण्डि ए को अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।
आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’