आइतबार २१ जेठ २०८०

पुस ९, काठमाडौँ | शुक्रबार बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । मान्छे जम्मा हुन थालेपछि ती व्यक्ति आफैं ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए ।

‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुलीको कालो तारमा पा सो ल गाए’ महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी डुण्डिराज न्यौपाने भन्छन्, ‘त्यो देखेर केही मानिसहरु उनलाई तान्न पनि गएका रहेछन्, तर उनको मृ त्यु भइसकेको थियो ।’

चोर आयो भन्दै कराउने व्यक्ति आफैं झु ण्डि न गएपछि केही स्थानीयले मोबाइलमा भिडियो पनि बनाएका थिए । भिडियोमा उनी मानिसहरु जम्मा हुने वित्तिकै तारमा झु ण्डि ए को देखिन्छ । डीएसपी न्यौपाने भन्छन्, ‘भिडियोमा पनि उनी आफैं गएर झु ण्डि ए को देखिन्छ, कारणबारे अनुसन्धान भइरहेको छ ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का प्रकाश अधिकारी बूढानिलकण्ठ–११ मा बस्दै आएका थिए । उनी मजदुरी गरेर गुजारा चलाउँथे ।प्रहरी प्रभाग, कपनका एक प्रहरीका अनुसार उनले नियमित मा द क प दा र्थ से वन गर्ने गरेको खुल्न आएकाे छ ।

‘मा द क प दा र्थको ल त नै लागेको जस्तो देखिन्छ, तर पछिल्लो केही दिनदेखि उनले नखाएको भन्ने खुलेको छ,’ उनले भने, ‘बिहीबार पनि उनी राति उठेर बरबराएका थिए, आज मृत भेटिए ।’ प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको डीएसपी न्यौपाने बताउँछन् ।


Last Updated on: December 25th, 2021 at 1:09 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया