बिहिबार २५ जेठ २०८०

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। बिहान उनी सुत्ने कोठामा झु न्डि ए को अवस्थामा फेला परेका हुन् ।

‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झु न्डि ए को देखियो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो। ‘तर, बिहान ११ बजे एसएसपी यादवको शव झु ण्डि ए को अवस्थामा निवासमै भेटियो’, उनले भने, ‘यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौँ।’

मृत भेटिएका एसएसपी यादवको घर पश्चिम नवलपरासी हो। मृत भेटिएका एसएसपी यादवले उमेरहदका कारण सेवाबाट एक महिनापछि अवकाश पाउँदै थिए। १५ माघ २०७८ मा उमेरहदका कारण घर जाँदै थिए यादव।

उनले फेसबुकमा लेखेकी छन्, ‘युग कलियुग भएपनि तर सत्यको जित हुन्छ।’ उनले स्ट्यास राखेको केही घण्टा बितिसकेको छ। तर यादवको ज्यान गएको खबर केही समयअघि मात्र सार्वजनिक भएको हो।

आफ्ना ब्याचमेटहरु प्रमोशनमा अघि परिसकेको हुँदा आफू एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ।


Last Updated on: December 25th, 2021 at 2:46 pm
५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया