बुधबार १७ जेठ २०८०

करिब ३० वर्ष अघि सार्वजनिक भएको गीत सिमसिमे पानीमा वाट गायीका रेखा शाहले आफ्नो पहिचान बनाइन् । यो गीत उनको शब्द, संगीत र स्वर सबै हो ।

त्यसैवाट आफ्नो पहिचान बनाएकी रेखाले आफ्नो अनुमति विना आफ्नो गीत सार्वजकि कार्यक्रममा कलाकारहरुले गाएको भन्दै गुनासो गरेकी छन् ।

उनले आफ्नो अनुमति विना ब्यवसायीक प्रयोजनका लागि फेरी कसैले गाए कानुनी रुपमा जाने चेतावनी पनि दिएकी छन् ।सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै रेखाले यस्तो चेतावनी दिएकी हुन् ।

उनले लेखेकी छिन,मेरो रचनारसङ्गीत (शब्द र लय) रहेको गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ रेडियो नेपालमा गाएर स्वर्ण पदक पाएको ३० वर्ष पुगिसकेको छ ।

आज मेरो पहिचान नै त्यही गीत बनेको छ । मसँग प्रतिलिपी अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिबिना विभिन्न रियालिटी शोहरू गाइएका छन् ।

प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ । अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यवसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु ।

अझै मेरो अनुमतिबिना म्युजिक ट्रयाक बनाई गाएकोले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ । आगामी दिनमा त्यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ ।

साथै, मेरो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा प्रतिलिपी अधिकार अनुसारको कानून र अनुमतिबिना कसैको सम्पत्तिको भोगचलन बापतको ठगी मु द्धा अनुसारको कानूनी कारबाही गरिने जानकारी गराउँदछु ।[][]


Last Updated on: December 25th, 2021 at 3:58 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया