बुधबार १७ जेठ २०८०

पछिल्लो समय टिकटकमा एक बृद्धअबश्थाका बाबू र करिव ५०/५५ वर्षको जस्तो देखिने छोराको भिडियो निकै भाईरल भएको छ । ती दुई बाबुछोरा घरायसी कुराहरुमा कुराकानी गरेको भिडियोमा देख्न सकिन्छ । ९६ वर्ष पुगेका बुबा अझै पनि आफ्ना छोराहरुलाई केटाकेटीकै उमेरको जस्तो केही नजान्ने, केही नगर्ने जस्तो ब्याबहार गरेको भिडियोमा देखिन्छ । ती बाउछोराको यहि कुरा नै धेरैले मन पराउने गरेका छन । उनिहरुको प्राय सबै भिडियो निकै भाइरल हुने गरेको छ ।

तिनै बाउछोराको जोडिको रुपमा टिकटकमा निकै चर्चामा रहेका धरणी सिग्देल पछिल्लो समय आफ्ना दुई श्रीमतिका साथमा पनि टिकटक भिडियो बनाउदै आएका छन । बाउछोराको जोडिको रुपमा नै निकै चर्चा कमाएका उनी अहिले दुई श्रीमतिका साथमा पनि उत्तिकै चर्चामा छन । टिकटकमा बाउछोराको भिडियो होस या दुई श्रीमती र उनको भिडियो प्राय सबै भाईरल हुने गरेको छ । दुई श्रीमती त्यो पनि दुबैलाई उत्तिकै मायाले मिलाएर राखेको देखाईएको भिडियो भाइरल भएको छ उनको ।

त्यसरी भाइरल बनेका उनिहरुको जीवन कथा र दुई श्रीमती बिबाह गर्नु पर्ने कारणबारे धरणीले मिडियामा बताएका छन । निकै कडा स्वभावका बुबाले आफ्नो पहिलो बिबाह १५ वर्षको उमेरमा गरिदिएको उनले बताए । गाउघरमा बस्तुभाउ, खेतीपाती निकै भएकोले काम गर्न सक्ने मान्छेको आवश्यकता पनि भएकोले बिबाह छिटै गरिदिएको हुन सक्ने उनी बताउँछन । जेठी श्रीमती केही कमजोर भएको र काम गर्न त्यति नसक्ने भएर आफुले बिबाह भएको केही दिनमा नै जेठी श्रीमतिलाइ अलिक काम गर्न सक्ने अर्को पनि बिबाह गर्नु पर्छ कि भनि बताएको धरणीको भनाई छ ।

बिबाह गरेको केही दिनमा नै श्रीमानले सौता ल्याउछु भनेर भनेकै कारण होला जेठी श्रीमती सकुन्तला त्यो समय निकै रुएको पनि उनी बताउँछन । त्यो बेलाको समय नै त्यस्तै काम नगरी खान नपुग्ने भएकोले पनि काम गर्न सक्ने चाहिएको उनी बताउँछन । तर आफुले दोश्रो बिबाह गर्नलाई केटि सकुन्तला कै रोजाईमा गरेको धरणी बताउँछन । आफुले दुई तिन जना केटि देखाउँदा सकुन्तलाले मन नपराएको पनि उनले बताए । पछि कान्छी श्रीमती शोभाको कुरा गर्दा उनले यो केटि हुन्छ भनेर जेठि सकुन्तलाले नै कुरा गरिदिएको धरणिले बताए ।

नजिकै माइती भएकी शोभाले पनि सकुन्तलाले नै आफ्नो श्रीमानसगँ बिबाह गर्नु भने पछि बिबाह गरेको बताईन । पहिलेदेखी नै चिनजान सबैसगँ भएको उनले बताईन । आफ्नो पालामा दुई श्रीमती बिबाह गर्नु कानुनले रोक नभएकोले पनि बिबाहमा त्यस्तो अप्ठ्यारो केही नभएको धरणी बताउँछन । जेठीकै सल्लाहमै आफुले बिबाह गरेको र छिमेकी घर भएकोले सबै चिनजान भएकोले गर्दा पनि बिबाह पछि आफुलाई खासै समस्या नभएको शोभा बताउँछिन । अहिले दुई श्रीमती बिबाह गरेको भनेर नराम्रो कमेन्ट पनि आउने गरेको धरणी बताउँछन । (भिडियो


Last Updated on: December 26th, 2021 at 11:34 am
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया