बुधबार २४ जेठ २०८०

माडौंको अशनमा मान्छेहरुको भिडभाडको बिच बिहान र साझको समयमा चिया बेच्दै हिड्ने यी हुन सरिता केसि । उदयपुरको २३ बर्षिय सरिता यसरी बिगत एक बर्षदेखि चिया बेच्दै आफ्नो जिविका चलाउदै आएकि छिन् ।कुनै पनि काम सानो ठूलो हुदैन भन्ने एक उदाहरण हुन सरिता ।आफू पढ्न आफ्नो भाइ पढाउन र आफ्नो घर व्यावहार चलाउन उनी यो काम गर्दै आइरहेकि छिन् । यो काममा लगानि नलाग्ने भएसगै आफुले अवलम्बन गरेको उनी बताउँछिन् ।यो काम गर्दैगर्दा धेरैले हेप्ने नराम्रो भन्ने भएपनि चियाको तारिफ गर्नेहरु पनि धेरै भएसगै आफू यो काममा लागिरहेको उनी बताउँछिन् ।प्रत्येक दिन लगभक ४०० कप चिया बेच्ने गरेको सरिता बताउँछिन् ।लगभक महिनाको लाखभन्दा बढि कमाउने गरेको उनी बताउँछिन् । रुपमा पनि कोहि हिरोईन भन्दा कम छैनन् सरिता उतिकै सरल सुशील इमान्दार अनि अत्याधिक मेहनति ।

अशनमै सानो कोठा भाडामा लिएर भाईसग बस्ने गरेकि गहिछन् सरिता ।उनको कोठा सानो भएपनि चिटिक्क परेको र भान्सामा लहरै थर्मसहरु प्रसस्तै देख्न सकिन्थ्यो । दिदी र भाइ भएर यो चियाको व्यवसाय गरिरहृका छन् ।

भाइ सुजन बताउँछन् कि काम सानो ठूलो कुनैपनि नहुने र दिदी उपर आफुलाई गर्व छ ।उनी लजाउदै भन्छिन् कि आफुलाई अनमोल केसिलाई चिया खुवाउन मन लागेको र उहाको चिया खाएपछि प्रतिक्रिया सुन्ने मन भएको उनी ठट्यौली शैलिमा भन्छिन् ।


Last Updated on: December 26th, 2021 at 11:48 am
६६० पटक हेरिएको

तपाईको प्रतिक्रिया