बुधबार २४ जेठ २०८०

चितवन : मुग्लिन नारायणगढ सडक खण्डमा सवारी दुर्घटना भएको छ । आज (शनिबार) दिउँसो पौने तीन बजे भतेरी जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ गई रहेको बा३ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ५८६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुबै सावारी साधनमा सवार चालक सहित ११ जना घाईते भएका छन् ।

बसमा सवार १० जना घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेजमा पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर अवस्थामा रहेका ट्रक चालकको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

उक्त स्थानमा खटिएको प्रहरी टोलीले क्रेनको मद्दतले दुबै सवारी साधनलाई सडकबाट हटाई बाटो सुचारु गरिएको प्रहरीले जनाएको छ ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 26th, 2021 at 11:59 am
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया