
गोरखा नगरपालिका वडा नं १३ देउरालीमा रहेको रामशाह आधारभुत विद्यालयमा अध्ययत बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । विहिबार एक कार्यत्रमका बीच विद्यालयका बालबालिकालाई सुइटर र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।
गोरखा नगरपालिका १४ देउरालीका कल्पना थापा देवकोटाले जन्मदिनको उपलक्ष्यमा उक्त सामग्री वितरण गरेका हुन् । उनका अनुसार विद्यालयमा अध्ययनरत २७ जनालाई स्वीइटर र ६५ जनालाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार बालबालिकालाई केही राहत पुगोस भन्ने हेतुले उक्त सामग्री वितरण गरिएको देवकोटाले बताइन् । १४ हजार बराबरको कपडा र स्टेशनरी सामग्री वितरण गरिएको उनले बताइन् । हाल सोही विद्यालयका शिक्षिका हुन् ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।