
जब मान्छे कमजोर हुँदै जान्छ तब उसले आफ्नो इच्छा आकाङ्क्षा लाई पुर्णबिराम लगाउनुपर्ने बाध्यात्मक अवस्था आउदो रहेछ । हुदा खेरि सबै नहुदा केहिनकेहि जस्तै नै भएको छ यो गोर्खाको बालुवाटार नगरपालिका वडा नम्बर ९ को यो परिवारमा ।
करिब ३२ लाख रकमको एउटा घडेरि किनेको र उक्त घडेरि छोराछोरीको नाममा रहेको तर त्यो घडेरि आफ्नो श्रीमानले कब्जा गर्न खोजेको भन्दै उनी छोडपत्र सहित जग्गा फिर्ता पाउ भन्दै मुद्दा लड्दै गरेको र मुद्दा लड्दै गर्दा तारिखमा मात्रै भेट्ने गरेको श्रीमान रत्नप्रसाद गौतम बताउँछन् ।
श्रीमतिको यस्तो व्यवहारले छोराछोरीमा पर्ने मनोबैज्ञानिक असर त छदैछ पढाइमा पनि एकदमै हुने गरेको र छोराछोरी आमा भन्न पाइराखुन भन्ने आफ्नो इच्छा भएसगै उनी आएर घर समालेको हेर्न चाहेको श्रीमान बताउँछन् ।श्रीमान दाइने आँखा बिल्कुलै देख्दैनन् र देब्रे पनि एकदमै कम मात्रै देख्छन् ।रत्नप्रसाद पाच बर्षको हुदा उनको आखामा दादुरा आएको र त्यो समयमा राम्रो उपचार पाउने सामर्थ्य नराखेको र धामि झाक्रि माथि भर परेसगै त्यो घाउले बिकराल रुप लिदै गर्दा यस्तो भएको उनी बताउँछन् । पछि चिकित्सकलाई देखाउदा जल बिन्दु भएको र अब उपचार सम्भव नभएको बताएपछि उनी निष्क्रिय भई बस्न बाध्य छन् ।
शारीरिक अशक्त श्रीमान र भर्खरै हुर्कदै गरेका छोराछोरीलाई छोडेर श्रीमतीले यसरी छोडेर गइदिनुले उक्त परिवारको बिचल्ली भएसगै हदैसम्मको दुख भएको उनी बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री