बुधबार २० मंसिर २०८०

प्रतिनिधि सभा विघटन, मंसिर १३ र २६ गते मध्यावधि चुनावको घोषणा
May 22, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मध्यरातमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गरेर आगामी म‌ंसिरमा मध्यावधि चुनावको घोषणा गरेको छ ।

बालुवाटार बैठकमा सहभागी भएका एक मन्त्रिले दिएको जानकारी अनुसार मंसिर १३ र २६ गते निर्वाचन गर्नको लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दावी गरेअनुसार बहुमत नपुगेको भन्दै विज्ञप्ती जारी गरेपछि सं‌सद् विघटन को सिफारिस गर्न मध्यरातमा बालुबाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

संविधानअनुसार उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ ।

स्वास्थ्य संकटकाल लगाउने तयारी

बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो । यसनिम्ति कानून तथा संघीय मामिलालगायत सबै मन्त्री र केही सचिवलाई आकस्मिक भेला गराइएको छ । सेनापति पूर्णचन्द्र थापा भर्खरै बालुवाटारबाट निस्केको स्रोतको दावी छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिलेको घटनालाई “मध्यराती सँविधानमाथि “कू” को सँज्ञा दिएका छन् । बिरोध प्रदर्शनहरु हुन नपाउन् भनेर स्वास्थ्य संकटकाल लगाउने तयारी छ ।


Last Updated on: May 22nd, 2021 at 1:16 am
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया