बुधबार २४ जेठ २०८०

की मनिषाको जेठो माइलो, साइलो र जेठी दिदी र कान्छी बैनी सकुशल छन् । बाँकी ८ जना मध्य २ जना मनिषा सानै छँदा बितिसकेका थिए ।

मनिषाको माइली दिदि कोपिला बाह्र वर्षको हुँदा शरीर नचल्ने रोग शुरु भएको थियोे अहिले उनी पैंतीस वर्ष कि भइन । उनलाइ चौंतीस वर्षको उमेरमा सुगर देखियो । सुगर देखिएपछि ब्रेन ह्याम्रेज भएर टाउको सम्म पनि उठाउन नसकिने गरी थला परेकी छन्। साइली शर्मिलालाई बाइस वर्षको उमेर देखि सोही रोग शुरु भो तेहिस वर्षको उमेरमा सुगर देखियो र त्यसको तीन महिना मै उनी बितिन्। काइली उषालाई एक्काइस वर्षको उमेरमा सोही रोग शुरु भो र चौबिस वर्षको उमेरमा सुगर देखियो र पच्चीस वर्षको उमेरमा उनि बितिन ।

त्यो भन्दा मुनि कि चन्द्रालाइ सत्र वर्षको उमेरमा सोही रोग शुरु भो र तेइस वर्षमा सुगर देखियो र चौबिस वर्षमा उनी पनि बितिन् । मनिषालाइ अठार वर्षको उमेरमा सोही रोग शुरु भयो । अहिले उनी तेइस वर्ष कि भइन उनी छ वर्ष कि भइन र दिन प्रतिदिन रोग बढ्दो छ । उनी भन्दा मुनीको एक भाइ चेतराज गजमेरको पनि रोग शुरू भइसकेको छ ।

पैतला देखि घुँडा सम्म चल्दैन हिंड्न खोज्दा पुरा शरिर धान्न गाह्रो भइ हल्लिन्छ । मनिषा आज भन्दा चार वर्ष अघि भद्रकाली मन्दिरमा सहयोग माग्दै गरेको अवस्थामा मानवसेवा आश्रमको टिमको साथमा फेला परेकी थिइन । उनलाइ मानव सेवा आश्रम पुर्याएका थियौं तर उनको घरबार भएको कारण मानवसेवा आश्रमले प्रहरी मार्फत मेरो जिम्मा लगाएको थियो ।

त्यसपछि उनी करिब चार महिना म संग मेरै कोठामा बसिन । उनी नाच्नमा जिल्ला टप भएको र विभिन्न संघसस्थाले गर्ने सांस्कृतिक कार्यक्रममा समेत भाग लिने र त्यहाँबाट प्राप्त भएको पैसाले घरपरिवार धानेको समेत सुनाइन । आफ्नै आखाँ अगाडी अअल्पायुमै दिदिहरू बेनाम रूपी रोगको समस्याका कारण पुक्लुक पुक्लुक भइ प्राणपखेरू उडेको देख्दा साह्रै दुःख लाग्थ्यो । कहिं मलाइ पनि त्यस्तै हुने त होइन भन्ने मनमा कुरा पनि खेल्थ्यो ।एकदिन स्कुलबाट फर्केर घाँसदाउरा गर्न गएको बेला पैतालो पल्टिएर लडें अनि ल तँ पनि तेरै दिदि जस्तै हुने भइस भनेर साथीहरूले भने नभन्दै त्यसै दिन देखि नै मेरा पैतला नचल्ने भए । घरका बिरामी जस्तै म नि हुनथालेपछि गाउँ समाज घरपरिवारमा आउने नातागोता अनेकन कुरा गर्थे जसले मलाइ भित्रै देखि पिडा दिन्थ्यो ।

 


Last Updated on: December 26th, 2021 at 6:51 pm
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया