बिहिबार २५ जेठ २०८०

बन्द उल्लंघन गरेको भन्दै सीके राउतका कार्यकर्ताले ट्रक ज’लाए, किन गरियो जिल्ला बन्द ?

काठमाडौ । सिराहामा सिके राउत समुहको बन्दका बीच उनका कार्यकर्ताले ट्रकमा आगजनी गरेका छन् । मल लुटेको भन्दै किसानलाई पक्राउ गरेको बिरोधमा सिके राउतको नेतृत्पवको जनमत पार्टीले सिरहा जिल्ला बन्दको आह्वान गरेका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना।५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले आगजनी गरेका हुन् । उनीहरुले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेका कारण ट्रक पुरै भाग जलेको छ । यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सवारीसाधन तोड्फोड गरेका छन् । ‘अहिलेसम्म १० वटा गाडीमा तोडफोड भएको जानकारीमा आएको छ’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए । किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चारजनाविरुद्ध मु द्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि किसान र जनमत पार्टीले आइतबार एक दिनका लागि सिरहा जिल्ला बन्दको आह्वान गरेको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।


Last Updated on: December 27th, 2021 at 12:37 pm
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया