बुधबार १७ जेठ २०८०

धनगढी – कैलालीमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । गौरीगंगा वडा नम्बर ३ जुनेली शिविरकी १६ वर्षकी किशारी र सोही ठाउँका १९ वर्षे किशोर मृत फेला परेका हुन् ।

आइतबार साँझ किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार किशोरी मृत फेला परेको १५ मिनेटपछि २०० मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा किशोरको शव फेला परेको हो ।

दुवैको मृत्यु बारे अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीमा यस अघि भुपेन्द्र बडुवाल र अर्जुन दासको हत्या भएको थियो । सो घटना समेत अहिले सम्म किनारा लागि सेकेको छैन । प्रहरीले अहिले पनि अनुसंधान जारी रहेको जनाएको छ । घटनामा संलग्न केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 27th, 2021 at 12:59 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया