
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप प’ड्किँ’दा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप प’ड्कि’एको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा वि’स्फो’ट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।