
कैलाली। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो घोडाघोडी नगरपालिका–८ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो । आमफाँटा शिविर बस्ने वर्ष ४१ वर्षीय सुखराम डगौराको मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको हो।
खेतमा विद्युतीय मोटरले गहुँ सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डगौरा आफ्नै खेतमा विद्युतीय मोटरद्वारा गहुँ सिँचाई गर्ने क्रममा करेन्ट लागी घाईते भई घोडाघोडी अस्पताल सुख्खडमा उपचार भईरहेकोमा दिउँसो ३ः२० बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।