बुधबार १७ जेठ २०८०

काठमाडौ । जलविद्युत आयोजनाको पानी परिक्षणका क्रममा पाइप वि स्फो ट भएर दुई इन्जिनियरको मृत्यु भएके छ ।

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षण गर्दा दुर्घटना भएको हो ।

दुखद घटनामा दुई इन्जिनियरको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।

घटनामा अन्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौ ल्याइएको छ ।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्न लागिएको थियो ।

दुर्घटनामा परियोजना व्यवस्थापक घाइते भएका हुन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप प ड् किएको बताइएको छ ।

प्रहरीले घटनाको अन्य अनुसन्धान सुरु गरेको जनाएको छ । वि स्फो ट पछि बे हो स भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको भए पनि उनीहरुलाई बचाउन नसकेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै ग म्भी र घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र उनको ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर तलको भाग नचल्ने भएको बताइएको छ ।


Last Updated on: December 27th, 2021 at 2:28 pm
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया