
चितवन :- चितवनको माडी नगरपालिका वडा नं. ७ गोपालनगरकी ३८ वर्षीया मिना कुमारी प्रसाई नारायणी नदीमा हा म फा लेर आ त्म ह त्या गरेकि छन् ।शुक्रबार मध्यान १२ :५५ वजे नारायणी नदी माथि पुलबाट हा म फा लेकि उनको दिउसो १ : ३० वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
फेसबुकमा पछ्याउनुहोस्
प्रसाई नदीमा हा म फा लेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो ।उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल लगिएकाे थियो । उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । पछिल्लो समय नारायणी फुलबाट हा म फा ल्नेको संख्या बढ्न थालेको छ ।
नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ ।१४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ ।
केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कांग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको जानकारी दिनुभयो ।एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो । १४औँ महाधिवेशबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आज बस्दैछ ।