आइतबार २१ जेठ २०८०

काठमाडौ । ५०० यात्रु बोकेको पानीजहाजमा अचानक आ ग ला गी भएको छ । बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आ गो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु भएको हो ।

शुक्रबार दक्षिणी बंगलादेशमा यात्रुले भरिएको सानो आकारको पानीजहाज (फेरी) मा आ गो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

बिहान सबेरै राजधानी ढाकाबाट २५० किलोमिटर टाढा अवस्थित झलोकथी शहरजनिकै ५०० यात्रु बोकेको पानीजहाजमा आ गो लागेको हो ।

उक्त पानीजहाजमा ढाकाबाट घर फर्किँदै गरेका मानिसहरू सवार थिए । आ ग ला गी मा परी ज्यान गुमाएका ३२ जनाको शव प्राप्त भएको स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताएका छन् ।

‘तीन तले ओबिजान १० नामक फेरी नदीको बीच भागमा पुग्दा आ गो लागेको हो ।

हामीले ३२ शव बरामद गरेका छौं तर, मृतकको संख्या बढ्न सक्छ’, मोइनुलले एएफपी समाचार माध्यमलाई भने, ‘अधिकांशको आ गोमा ज ले र मृत्यु भएको र नदीमा हाम फालेपछि केहीको डु बे र मृ त्यु भएको छ ।’

पानी जहाजको इन्जिन रुमबाट शुरु भएको आ गो चारैतिर फैलिएको पनि इस्लामले बताए ।

उनका अनुसार ज ले र १०० जना घाइते भएको र घाइतेलाई अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा पानी जहाजमा भीषण आ गो लागेको देख्न सकिन्छ ।


Last Updated on: December 27th, 2021 at 4:34 pm
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया