बुधबार १७ जेठ २०८०

सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।

आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’डि्’क’एर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि वि ष्फो टसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु।’ चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए।

तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए। तर उनको सपना अब अधुरै रहेको छ । ‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घटना सुन्नुपरो,’ उनका आफन्तले भने।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’डि्’क’एर बे’हो’स भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन ।

‘हेलिकोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृत घोषित गर्‍यो,’ उनले भने ।

घटनामा घाइते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।

 


Last Updated on: December 28th, 2021 at 11:59 am
२७६० पटक हेरिएको

तपाईको प्रतिक्रिया