
दक्षिण कोरियामा काम गर्नेहरुको तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितीको बैठकले न्यूनतम तलब प्रतिघण्टा ९ हजार १ सय ६० वन पुर्याएको छ। यो रकम गत बर्षको भन्दा ५ दशमलब १ प्रतिशतले बढेको हो। अब कोरियामा काम गर्नेहरुले प्रतिघण्टा न्यूनतम करिब ८ डलर आम्दानी गर्नेछन।
न्यूनतम ज्याला निर्धारण समिती जसमा ९ जना सदस्यहरु रहने गर्दछन। यस समितीमा म’जदूरका पक्षबाट, ब्यवसायीहरुको तर्फबाट र सर्वसाधारण बाट प्रतिनिधित्व हुने गर्दछ। सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको लामो मिटिङले म’ध्यरा’तमा ज्याला बढाउने निर्णय गरेको थियो।
न्यूनतम ज्याला निर्धारण समितीको बैठकमा म’जदूरका तर्फबाट प्रतिनिधित्व गर्नेहरुले अहिलेको ८ हजार ७ सय २० वनबाट अलि धेरै नै ज्याला बृध्दिको मा’ग राखेका थिए भने ब्यवसायीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेहरुले भने ८ हजार ७ सय २० नै कायम गर्नुपर्ने अ’डान लिएका थिए। को’रोना म’हामा’रीका कारण ब्यवसाय ध’रा’पमा परेको भन्दै उनिहरुले ज्याला बढाउन नहुने त’र्क गरेका थिए।
यसरी म’जदूरका प्रतिनिधी र ब्यवसायीका प्रतिनिधीहरु विच वि’वाद भएपछि ज्याला निर्धारण हुन सक्ने स्थि’ती नबनेकाले सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेहरुले मध्यमार्गी बाटो सुझाएका थिए। उनिहरुले नै प्रतिघण्टा ४ सय ४० वन बृध्दि गर्न प्रश्ताव गरेका थिए। उनिहरुको प्रश्तावमा दुबै पक्षको स’हमति भएपछि न्यूनतम ज्याला निर्धारण भएको थियो।
प्रतिघण्टा ४ सय ४० वनको बृध्दि भनेको ५.०४६ प्रतिशतको बृध्दि हो। तर न्यूनतम ज्याला निर्धारण समितीले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको बृध्दि मानेको छ। यो आयोगले को’रो’नाबाट कोरियाली अर्थतन्त्र सु’धारको बाटोमा लागेको ठानेको छ। कोरियाको केन्द्रिय बैंक बैंक अफ कोरियाले पनि यो बर्ष ४ प्रतिशतको आर्थिक बृध्दि हुने अ’नुमान गरेको छ। त्यसैगरी अप्रिलदेखि लगातार २ महिनामा ६ लाख रोजगारी थपिएको तथ्याङ्कहरुले देखाएको छ।
कानूनी रुपमा न्युनतम ज्याला निर्धारण समितीले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयल अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ। नयाँ ज्याला जनवरी १ तारिखबाट लागू हुनेछ। राष्ट्रपति मुन जे इनको कार्यकालमा सन २०१८ मा १६.४ प्रतिशत, सन २०१९ मा १०.९ प्रतिशत, सन २०१९ मा २.९ प्रतिशत तथा सन २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब बृध्दि भएको थियो। (योनहाप)