शुक्रबार १५ मंसिर २०८०

राँके जुलुस प्रर्दशन गरेपछि प्रहरीले नेविसंघ नेताहरुलाई लखेट्यो
May 22, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पोखरा ।

प्रतिनिधी सभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा

राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका नेताहरु लखेटिएका छन् ।

पोखरा महानगरपालिका अगाडी नेविसंघ केन्द्रीय नेता भानु ढकाल , सरोज केसी ,

जिल्ला नेता विकास थापा लगायत सात जनाले रांके जुलुस निकालेपछि प्रहरीले उनिहरुलाई लखेटेको हो ।

न्युरोडमा राँके जुलुस निकालेका विद्यार्थीहरुलाई हस्तक्षेप गर्नका

लागि सुरुमा तीन जना प्रहरीले गरेको प्रयास असफल भएपछि

थप करिब १५ जना प्रहरी परिचालन गरि उनिहरुलाई लखेटिएको हो ।

केही बेरअघि राँको सहित प्रर्दशनमा उत्रिएपछि

प्रहरीले न्युरोडका विभिन्न गल्लीहरुमा उनीहरुलाई लखेटेको थियो ।

कोरोना संक्रमणबढेपछि कास्कीमा निषेधाज्ञा जारी छ ।


Last Updated on: May 22nd, 2021 at 8:13 pm
७३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया