आइतबार २१ जेठ २०८०

काठमाडौ । चितवनको सौराहा घर भएका सविन परियार श्रीमतीले छोडेर गइन् भन्दै मिडियामा आए । उनले ९ मा पढ्दा देखि नै माया गरेको श्रीमतीले विवाह गरेको धेरै वर्ष पछि घर छोडेर हिडे पछि श्रीमान मिडियामा आएका थिए ।

श्रीमानले सविनाको बानी नराम्रो बानी छ भन्ने थाहा पाउँदा पाउँदै माया गरेर विवाह गरेकी श्रीमतीले धो’ का दिएको भन्दै मिडियामा आएका थिए । तर श्रीमानले यस्तो आरोप लगाएकी सविना चौधरी पनि सार्वजनिक भएकी छन् । उनले श्रीमानले लगाएका सबै आरोपको खण्डन गरेका छन् ।

क्याम्पस पढ्न सविनालाई उनका अरु साथीले पनि आँखा लगाएको भएर होला नराम्रो कुरा गर्थे । तर मैले अरुको कुरा सुनिन र विवाह गरेँ उनका श्रीमानले भनेका छन् ।

विवाह गरेको १२ वर्ष पछि श्रीमती दुई महिना सम्म सम्पर्क विहिन भइन् । तर उनको श्रीमानले आरोप लगाएजस्तो कसैसंग विवाह भने नगरेको बताएकी छन् ।

मैले छोरीलाई सानो ममिको घर जाँदैछु भनेर गएकी थिए, श्रीमानको ब्यवहार सहनै नसकेर हिडेकी हुँ उनले भनिन् । श्रीमानले आफुलाई सहनै नसक्ने नराम्रा शब्द प्रयोग गर्ने, विपरित जातको भन्दै घरवाट निस्केर जा भनेर चे ता व नी दिएको पनि बताइन् ।

घर परिवारमा सासु ससुराले घरवाट जा भनेर भन्ने गरेको र श्रीमानले पनि अति धेरै शंका गर्ने गरेको र सुन्नै नसक्ने शब्द प्रयोग गरेका कारण सहनै नसकेको बताएकी छन् ।

उनले आफु सानिमासंग बसेको बताएकी छन् । श्रीमती पुष २२ गते घरवाट हिडेको थाहा पाएपछि उनी दुवईवाट फर्किएका छन् । शर्मिलाको अंकलले पनि उनी पुष २३ गते आफ्नो घरमा आएको स्वीकार गरेका छन् । उनले शर्मिलाले नै थाहा नदिनु भनेका कारण आफुले ज्वाईलाई नभनेको बताएका छन् ।

छोरीलाई पनि घर जाउ भनेर सम्झाउँदा म सहन सक्दिन केही दिन हजुरकै घरमा बसेर उनीहरुलाई चे’ता व’नी दिन्छु भनेका कारण आफुले ज्वाईलाई केही नभनेको उनको भनाई छ ।

उनले श्रीमानले नै आफ्ना बारेमा त्यती धेरै नकारात्मक कुरा गरेका कारण अब सविनसंग मिलेर बस्न नसक्ने बताएकी छन् । उसले मेरो बारेमा तथानाम भन्ने तर मलाई राम्रोसंग खोजीसमेत नगरेपछि अब नबस्ने बताइन् ।[][]


Last Updated on: December 28th, 2021 at 4:20 pm
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया